नियम १४
सहन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
पुनरावेदन सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रको क्षेत्रमा रहेको पुनरावेदन अदालत वा अन्य कुनै अड्डा अदालतमा नेपाल सरकारका तर्फबाट अभियोगपत्र, पुनरावेदनपत्र, निवेदनपत्र दायर गर्ने गराउने तथा उपस्थित भई बहस पैरवी गर्ने,
(ख) नेपाल सरकार वादी हुने मुद्दामा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात एवं छानबिन गरी आवश्यक कारबाहीका लागि आएका मिसिलहरुमा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भएबमोजिम मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने,
(ग) आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रको क्षेत्रमा रहेको पुनरावेदन अदालत र अन्य कुनै अड्डा अदालतमा नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट पुनरावेदनपत्र, निवेदनपत्र दायर गर्ने गराउने र उपस्थित भई बहस पैरवी गर्ने,
(घ) महान्यायाधिवक्ताले खटाएमा आफ्नो प्रादेशिक अधिकार क्षेत्रबाहिरका कुनै अड्डा अदालतमा उपस्थित भई बहस पैरवी लगायतका काम कारबाही गर्ने,
(ङ) आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रको क्षेत्रमा रहेका क्षेत्रीय वा अञ्चल स्तरका कुनै सरकारी कार्यालय वा सो कार्यालयको प्रमुखले वा अन्य कुनै विभागीय प्रमुखले मागेको कुनै कानूनी प्रश्नमा राय दिने,
(ङ१) हिरासतमा रहेका व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानून व्यवसायी मार्फत भेटघाट गर्न नदिएको भन्ने उजूरी परेमा वा सो विषयमा जुनसुकै तरिका वा माध्यमबाट जानकारी हुन आएमा आवश्यक छानबिन गरी त्यस्तो हुनबाट रोक्न सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने,
(ङ२) खण्ड (ङ१) बमोजिम छानबिन गरी निर्देशन दिएको विषयमा महान्यायाधिवक्ता समक्ष त्रैमासिक रुपमा प्रतिवेदन पेश गर्ने,
(च) यस नियमावलीबमोजिम आफूमा निहित प्रशासकीय अधिकारमध्ये सबै वा केही अधिकार सहन्यायाधिवक्ताले आफू मातहतको अन्य कुनै अधिकृतद्वारा प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।